सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वैदेशिक रोजगार र विदेश अध्ययन गर्न चाहनेहरुलाई जान दिइने सरकारको निर्णय

काठमाडौं । सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ ।

यो संगै बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ । संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।

बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

सीसीएमसीले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »