निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

‘व्यवसायीक हकहित र बाँकेको आर्थिक विकासको एजेण्डालाई घोषणा–पत्रमा समेट्छौ’

नेपालगञ्ज , नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले समावेशी प्यानलले उद्योगी, व्यवसायीको हकहित र बाँकेको आर्थिक विकासको मार्गचित्र कोर्ने गरी घोषणा–पत्र जारी गर्ने बताउनुभएको छ ।


समावेशी प्यानलले उद्योगी, व्यवसायीसंग घर–घरमा पुगेर घोषणापत्रमा समेट्ने विषय ‘टिपोट’ गरेको छ । केही दिनमै घोषणापत्र जारी गर्न लागिएको निर्वाचन परिचालन समितिका संयोजक ईश्वर पोख्रेलले जानकारी दिनुभयो ।

‘उद्योगी, व्यवसायीले भोग्नुपरेका समस्या र समाधानका बिषयलाई घोषणापत्रमा त समेट्छौ नै’ अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने–‘निजीक्षेत्रका तर्फबाट बाँकेको आर्थिक विकासमा के कस्ता अग्रसरता लिन सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकताका साथ समेट्छौ ।’


निर्वाचन परिचालन समितिका संयोजक पोख्रेलले घोषणापत्रमा समेटिएका मुद्दा कार्र्यान्वयन हुनेमा मतदातालाई बिश्वास दिलाइने बताउनुभयो । ‘हामीले गर्न सक्ने यस्ता मुद्दा घोषणापत्रमा समेट्दै छौ जसले बाँके जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

’– पोख्रेलले भन्नुभयो । उहाँले त्यस्ता मुद्दा के हुन भन्ने कुरा घोषणापत्र सार्वजनिक हुने दिन मात्र थाहा हुने बताउनुभयो ।
उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष ९वाणिज्य० तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष ९उद्योग० तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »