निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

शबेबरात हार्दिक अपील


नेपालगञ्ज, रमजान पर्व आउनु भन्दा केहि हफ्ता अगावै मनाइने मुस्लिम समाजको महानपर्व शबेबरात को सबैमा हार्दिक शुभकामना यस पर्वमा रातभरि जग्राम गर्दै प्रार्थना उपासना सहित बिहान द्धबजे पश्चात स्थानिय कब्रिस्तान गयी आफना नाता गोता र संसार छाडी हामी बाट टाडा गै सक्नुभएकाहरूको लागि बिशेष प्रार्थना मुस्लिम समुदाय हरूले गर्नेगर्छन ।
तर अहिले को अवस्था मा कोरोना वायरसले संसार भरि डरत्रास छायेको छ ।
लाखो जनता यस रोग को चेपुवा परेकाछन यस वायरस बाट हजारौ जनता संसार छाडी सकेका छन ।
यस कारण मेरो संम्पुर्ण नेपाली मुस्लिम समुदाय दाजु भाई दिदी बहिनी हरूमा हार्दिक अपील गर्दछू ।
तपाई यस वर्षको महानपर्व शबेबरात आ( आफनो घरमा इबादत दुवा प्रार्थना गरि,तथा गरीब मजदुर अस्हाय हरूमा राहत समाग्री र खानेकुरा बाढी मनाउन तथा हाम्रो देश नेपाल यस बिपतघडीमा देश र संसार भरिमा फैलिएको कोरोना वायरस समाप्ती तथा यस रोग बाट ग्रसित भएका हरूको स्वस्थलाभको लागि दुवा प्रार्थना गरि महानपर्व शबेबरात मनाउन हार्दिक अपील गर्दछू ।
यसको लागि देशभरका संम्पुर्ण मस्जिद का प्रमुख धर्मगुरू हरूले समेत अह्वान गरिदिन बिनर्म अनुरोध गर्दछू ।
अव्दुल जलिल मंसुरी (मुन्ना )

नेपालगंज मुस्लिम समाज ,बाँके


spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »