शाइन रेसुङ्गा बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान

काठमाण्डौं, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले असार १२ गते बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले एशियन भिलेज रिसोर्ट रूपन्देहीमा विहान साढे ११ बजे सभा बोलाएको हो ।

साधारण सभाले साविकका पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण कामको जिम्वेवारी सञ्चालक समितिलाई दिने र बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक ५७।५२ प्रतिशत र सर्वसाधारण ४२।७८ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार जेठ ३२ गतेसम्म कायम हुन आउने शेयरधनीले मात्रै मात्र सभामा भाग लिन र उक्त लाभांश पाउनेछन् । लकडाउनका कारण बैशाख ३१ पश्चात शेयर कारोबार नभएकाले सोही मिति कायम हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर ९३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस० वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

चालु आवको तेस्रो त्रैमाससम्म बैंकले ४३ करोड ६७ लाख ७० हजार खुद नाफा गरेर वार्षिक प्रतिशेयर आम्दानी २२।२० रुपैयाँ कायम गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ७ करोड ८ लाख ५८ हजार र जगेडा कोषमा १ अर्ब ४० करोड ३२ लाख २१ हजार रुपैयाँ रकम सञ्चित रहेको छ । (नोटबजार अनलाईनबाट साभार)

+ posts
Language »