निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

शान्ति ,बिकास र उत्पादनमा सामुहिक शक्तिको प्रयोग गर्न काठमाडौं ७ बाट रबिन्द्र कुमार श्रेष्ठ को उम्मेदवारी

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गरे संगै धमाधम स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा हुन थालेको छ ।
यसै शिलसिलामा काठमाडौँ क्षेत्र नं ७ बाट प्रगतिशील नागरिक मञ्चका अध्यक्ष तथा नागरिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने भएका छन्। ।
उक्त क्षेत्रमा गएको निर्वाचन एमालेका उम्मेदवार रामवीर मानन्धर विजय भएका थिए भने बालाजु वाइपासको बस्ति हटाउने बिषयमा चर्को आलाचना खेपेका मानन्धर लाई काउन्टर दिन पनि श्रेष्ठले उम्मेदवारी दिएको भन्ने चर्चा चलिरहेको छ ।
पुर्व मन्त्री समेत रहेका मानन्धर र सुमन सायमीले नेतृत्व गरेको उपत्यका ब्यापि सडक बिस्तार पिडित संघर्ष समिति बिच बालाजु वाइपासको बस्ति हटाउने बिषयमाझडपको स्थिति समेत पैदा भएको थियो ।
नागरिक स्तरबाट गठित नेपालको चुच्चे नक्सा बनाउने समितिका सदस्य रहेका अभियन्ता श्रेष्ठले एम सि सि सम्झौता विरुद्ध उपत्यकाव्यापी आठ दिने पैदल यात्रा, गुठि विधेयक विरुद्धको आन्दोलन, खोकना आन्दोलन, गैरन्यायिक स्वबासी विस्थापनको विरुद्वको आन्दोलन, सम्पदा संरक्षण अभियान, आदीवासी, दलित, महिला हरेक उत्पीडन विरुद्वको आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।् ।
पछिल्लो समय राजनैतिक पार्टी को बिकल्पमा राजनैतिक पार्टी , शान्ति ,बिकास र उत्पादनमा सामुहिक शक्तिको प्रयोग गर्न राज्य सत्तामा पहुँच अनिवार्य हो भन्ने निश्कर्ष सहित आम मतदाताको भावनालाई कदर गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
अरु पार्टीहरुले झैं लामो घोषणा पत्र बोकेर मतदाताकोमा झुक्याउन नजाने भन्दै उनले भ्रष्टाचार प्रति शुन्य सहनशिलता , शान्ति ,बिकास र उत्पादन मा सामुहिक बिचारलाई अंगिकार गदैं अगाडी बढ्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
सह अस्तित्व , वातावरणीय सन्तुलन सहितको बिकास ,धर्म भित्रको विज्ञान र विज्ञान भित्रको धर्म को खोज गर्दै संस्कृति र सम्पदाको रक्षा गर्न आफु निति निर्माण गर्ने घर भित्रै पसेर परिवर्तन गर्नुपर्ने भएकोले पनि आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

Rabindra Kumar Shrestha
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »