सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रमजीवी पत्रकारका लागि आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय

काठमाडौं/ ०१ साउन।
श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

कोभिड १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा बसेका पत्रकारको जीवनयापनमा समस्या भएको भन्दै महासङ्घले सो आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पत्रकार महासङ्घका विभिन्न शाखा, प्रदेश समितिहरू र केन्द्रीय समितिको पहलमा समस्यामा परेका पत्रकारलाई राहत तथा उपचार खर्च उपलब्ध गराउन सो कोषको स्थापना गर्न लागिएको महासङ्घका महासचिव रमेश विष्टले बताउनुभयो ।

महासङ्घले बुधबार जारी गरेको विज्ञप्तिअनुसार महासङ्घ केन्द्रीय समितिबाट ३० लाख रुपियाँ जम्मा गरेर कोष सुरुआत गरेको छ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारलाई राहत उपलब्ध गराइने महासङ्घले जनाएको छ ।

कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको जानकारी गराउँदै महासङ्घ इच्छुक सङ्घ, संस्था र व्यक्तिलाई समेत आह्वान गरिएको महासचिव विष्टले बताउनुभयो ।

उहाँकाअनुसार कोषमा रकम जम्मा गर्नेहरूको नाम र जम्मा भएको रकमको विवरण एक महिनापछि सार्वजनिक गरिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »