निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सच्चा मित्रता : रोनाल्हिडोलाई जेलबाट छुटाउन मेसीले दिने भए ४ मिलियन युरो

नक्कली पासपोर्ट प्रकरणमा हाल पाराग्वे जेलमा रहेका पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ४ मिलियन युरो खर्चिने भएका छन्। भाइ रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट निकाल्न वकिल मगाउन खर्च गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रोनाल्डिन्हो र उनका भाइ रोबर्टो नक्कली कागजात पेश गरि पाराग्वे प्रवेश गरेको प्रहरी अधिकारीको भनाइ छ। गत शुक्रबार विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा प्रहरी छापा मार्दा पाराग्वे राष्ट्रियता उल्लेख भएको पासपोट प्रहरीले बरामद गरेको थियो। हाल उनी पाराग्वेको जेलमा रहेका छन्। उनीहरू ब्राजिलियन प्रवेश कागजातहरू लिएर साओ पाउलोको ग्वारुल्होस एयरपोर्टमा पुगेका थिए तर असुनसियनमा विमानबाट उडान हुनेबित्तिकै उनीहरूलाई पराग्वेको पासपोर्ट दिइएको थियो। गत जुलाईमा रोनाल्डिन्होको पासपोर्ट ब्राजिलका अधिकारीहरूले उनी गैरकानुनी निर्माण योजनामा संलग्न रहेको आरोपमा जफत गरेका थिए। तर त्यसपछि पासपोर्ट उनलाई फिर्ता गरिसकेका थिए। पछि उनी आफ्नो पासपोर्ट प्रयोग गरेर अमेरिका, युरोप र चीन गएका थिए। मेस्सी र रोनाल्डिन्होले ४ वर्ष एकसाथ बार्सिलोनाबाट खेलेका थिए। विश्वकप विजेता उनले २००३ देखि २००८ सम्म क्याप नोउमा रहेर खेलेका थिए। सन २००४ र २००५ को फिफा वर्ष खेलाडी उनले बालोन डि ओर अवार्डसमेत जितेका थिए। १६ जनवरी २०१८ पछि व्यावसायिक फुटबलबाट संन्यास लिएर रोनाल्डिन्होले फुटसल खेल अगाडि बढाएका थिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »