निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सनसिटी अपार्टमेन्टमा बस्नेहरूकाे कोरोना परीक्षण थालियाे

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका- ९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु भएको छ। बुधबार बिहान ९ बजेदेखि र्‍यापिड डाइग्नोसिस किट(आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए।

उनका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उनिहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरिरहेको नगर प्रमुख थापाले बताए। नगर प्रमुख थापाका अनुसार बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो।तीनवटा टेबुलबाट परीक्षण सुरु भएको प्रमुख थापाले जानकारी दिए।

थापाका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उनिहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर प्रमुख थापाका अनुसार बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो । स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर तीनवटा टेबलबाट परीक्षण भइरहेको छ ।

परीक्षण गर्न बाँकी रहेकाहरुको भोली परीक्षण गरिने पनि थापाले बताए। अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन् ।उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गर्न लागिएको हो।

आज दुई सय जनाको स्वाबको नतिजा नेगिटिभ वा पोजिटिभ के आउँछ त्यसको आधारमा परीक्षण कार्यलाई थप तिब्रता दिने योजना भएको नगर प्रमुख थापाले बताए।

मंगलबार अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षीया महिला र ५८ पुरुषमा कोरोना पुष्टि भएको थियो। उनीहरुको पाटन अस्पताको आइसोलेसनमा उपचार भइरहेको छ। सोमबार आरटीडी टेस्टबाट परीक्षण गर्दा तीनजनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। पुन: परीक्षण गराउँदा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »