सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सन्दीप लामिछाने सहभागी हुने सीपीएल टी–ट्वान्टी क्रिकेट अगष्ट १८ बाट सुरु हुदै

काठमाडौं / २८ असार।
सन्दीप लामिछाने सहभागी हुने भनिएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट अगष्ट १८ बाट सुरु हुने भएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने यस सिजनका (सीपीएल) को अगष्ट १८ बाट सुरु हुने भएको हो ।

कोरोना भाईरसको महामारीको कारण अन्योलमा रहेको सीपीएल लाई ट्रीनिडाड एन्ड टोबेगो सरकारले सञ्चालनको अनुमति दिएको छ । ट्रिनिडाड एन्ड टोबागोमा हुने उक्त प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ ।

प्रतियोगिता बन्द रंगशालामा हुनेछ । यस्तै खेलाडी र आयोजकले सरकारको गाइडलाइन पालना गर्नु पर्नेछ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

गत सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । जुन सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।

भर्खरै

सम्बन्धित खबर

Language »