निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सबैबाट आशिर्वाद प्राप्त गरेका स्वतन्त्र उम्मेदवार कुमाल काला कौव्वा विजयी हुनेमा ढुक्क


नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन प्रचार–प्रसार करीब करीब अन्तिम चरणमा पुगी सकेको छ ।

माघ ११ गते शनिवारका दिन संघको नयाँ नेतृत्व चयनको लागि सुर्खेतरोडस्थित भेरी प्राविधिक शिक्षालयमा निर्वाचन स्थल तोकिएको छ ।

यस कारण समावेशी प्यानल र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको अतिरिक्त एक अन्य उम्मेदवार पनि धेरै नै चर्चामा आएका छन् । उनी हुन् सदस्य पदका स्वतन्त्र उम्मेदवार रमेश चन्द्र कुमाल ‘भुईंहारे’ ।

उनीलाई नेपालञ्जवासी काला कौव्वा भनेर चिन्दछन् । बुधवार दिन रमेश चन्द्र कुमाल ‘भुईंहारे’ काला कौव्वा दिनभरी चुनाव प्रचार–प्रसार कार्यमा व्यस्त रहेको देखिए । आफ्नो उम्मेदवारी दर्ता गराएपछि उनी ठूलाबडाहरुको आशिर्वाद प्राप्त गर्न पुगी रहेका छन् ।

सबै भन्दा पहिले उनीले आशिर्वाद प्राप्त गरे माघे संक्रान्ति पर्वको दिन प्रख्यात सन्त श्री श्री १००८ बाबा हरिशंकर गिरीको । त्यसपछि उनी आशिर्वाद लिन पुगे प्रख्यात सन्त हडिया दादाको यहाँ । उनी यहा हडिया दादाको समाधिस्थलमा पुगी भक्तिले शिर निहुराई ब्रम्हलीन दादाजीसँग आशिर्वाद प्राप्त गरे ।

अहिले उनी प्रसिद्ध व्यापारी सन्तोष कुमार कानोडिया र मुस्लिम धर्मगुरुको आशिर्वाद प्राप्त गरेका छन् । बुधवार दिन उनी त्रिभुवनचोक, सदरलाईन, घरवारीटोल, धम्बोझी, बागेश्वरीटोल, खजुरारोड, सुर्खेतरोड, न्यूरोड, बसपार्क, भेरी अञ्चल अस्पताल रोडमा पुगी मतदाताको आशिर्वाद लिएका छन् ।

उनी जहाँ जहाँ पुग्छन् मतदाताले यस पटक काला कौव्वालाई अवश्य नै विजयी गराउने आश्वासन उनीलाई दिएका छन् ।

दिन मतदाताबीच नमूना मत पत्र लिई चुनावी प्रचार–प्रसार गर्दा उनीले समावेशी प्यानलका अगुवा नेता तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दामोदर आचार्यसँग विजयी हुने आशिर्वाद प्राप्त गरेको कुरा उनीले हामीलाई फोनबाट जानकारी गराएका छन् ।

आफ्नो जीतप्रति काला कौव्वा एकदमै निश्चिन्त छन् । निर्वाचनमा सदस्य पदको उम्मेदवार रमेश चन्द्र कुमालको क्र.सं. १८ रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »