निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा न्‍यायाधीश सपना मल्लको एकल इजलासमा

काठमाडाैँ ।नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दा हेर्दैमा परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पक्षका अधिवक्ताहरुको बहस नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

मंगलबार पनि बहस जारी रहनेछ। सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओमप्रकाश अर्याल, राजेश चापागाईं, बाबुराम गिरीलगायले बहस गरेका थिए।

मंगलबार सापकोटा पक्षका अधिवक्ताहरुले बहस गर्नेछन्। सापकोटा विरुद्धको मुद्दामाथि न्‍यायाधीश सपना मल्लको एकल इजलासमा सुनुवाइ भइरहेको छ।

द्वन्द्वकालीन मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाउने निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्। आइतबार उक्त मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा तोकिएपनि उनले उक्त मुद्दाको बहस गरेका कारण हेर्न नमिल्ने भएपछि सोमबार न्यायाधीस मल्लको इजलास तोकिएको हो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »