सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समयमै निर्माण कार्य सम्पन्न नगरेको भन्दै ठेकेदारको पुत्ला दहन

नुवाकोट। नुवाकोटको ककनी गाउपालीकाका स्थानीयले ठेकेदारको पुत्ला दहन गरेका छन । विगत लामो समय सम्म पासाङलामु राजमार्गको स्तरउन्नतीको ठेक्का पाएका ठेकेदार सार्दा मुडवरीले समयमै कार्य सम्पन्न नगरेको,र स्थानीको गुनासोमा ध्यान नदिएको भन्दै शनिवार पुत्ला दहन गर्दै विरोध गरेका हुन ।

नेपाली कांग्रेस ककनी गाउँपालिकाले पासाङ लामु राजमार्गका बिषयमा बिभिन्न समयमा जिम्मेवार निकायलाई ध्यानाकर्षण गराउँदै आएको तर बिगत ३ बर्ष देखी सरकार र स्थानीय सरकारले स्थानीय जनताको आवाज सुनुवाई नगरेको आरोप छ । स्थानीय सरकारी निकायलाई आफ्नो जिम्मेवारी ध्यानाकर्षण गराउने उदेश्यले विरोध गरिएको हो ।

उत्त कार्यक्रममा सयौ नेपाली कांग्रेसका कार्यकर्ता, स्थानीय, कृषक एवं नेपालि कांग्रेसका महासमिति सदस्य युवा नेता रमेश कुमार महत ज्यु, जि पि फाउन्डेशन का सभापति रमेश कुमार पाठक ज्यु, नेपाली कांग्रेस का जिल्ला सदस्य एवं ककनी गाउँ पालिका प्रिय एवं संभावित गाउँ पालिकाका उमेद्वार बिष्णु गुरुङ, नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेल, शयाम लामा,सुर्य तमाङ , श्रिजन शिल कल्बका सभापति बिनोद श्रेष्ठ, तिलक लामा, बुद्ध लामा लगायत स्थानीय हरूको बाक्लो उपस्थिति रहेको थियो ।

ककनी गाउँपालिकाका वडाहरूका जिम्मेवार ब्यक्तिहरुको पनि उल्लेखनिय उपस्थिती रहेको उत्त कार्यक्रमको सभापतित्व सुपौल तामाङले गरेका थिए भने युवा नेता एवंम समाजसेवी ज्ञानेन्द्र प्रकाश गजुरेलको समजकत्वमा आयोजीत कार्यक्रममा उल्लेखनिय युवा हरूको उपस्थिति रहेको थियो ।अझ पनी स्थानीयको माग पुरा नभए अझ शसक्त्तरुपमा विरोधका कार्यक्रमहरु गर्ने उनीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »