निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जनताको घरदैलोमा खाद्यान्न पुरयाउँन व्यस्त

नेपालगन्ज,कोरोना भाइरस भित्रिन नदिन देशका सबै ठाउँजस्तै नेपालगन्जमा पनि लकडाउन जारी रहेको बेला समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईको दिनचर्या भने अरुभन्दा अलि फरक छ ।

गत केही दिन यता उहाँले विहान देखि बेलुकी अबेरसम्म नेपालगन्ज र सो वरिपरिका विपन्न, गरिब र असहायहरुको घरघरमा पुगेर आफैले खाद्यान्न पुरयाउने काम गरिरहनु भएको छ ।


पुर्व शहरी-विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईद्धारा प्रदान गरिएको खाद्यान्नका पोकाहरुलाई आफ्नो निजि गाडीमा राखेर उहाँले विहानदेखि बेलुकीसम्म गरिब र विपन्नका घरघरमा पुरयाउँदै आउनु भएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाहरुमा वडा कार्यालयहरुद्धारा राहात वितरण गरिएपनि भाडामा बस्ने, नेपालगन्ज बाहिरका मानिस र अन्य अधिकांशले पनि राहात नपाएकोले पुर्व शहरी-विकास मन्त्री राईले उपलबध गराएको खाद्यान्नलाई आवश्यकता परेकाहरुको घरघरमा पुरयाउने काम गरिरहेको जिल्ला अध्यक्ष कमरुद्दीन राईलले बताउनु भयो ।


उहाँले दिनभरी चारैतिरबाट खाद्यान्न अभाव भएको फोनहरु आउने गरेको जनाउँदै उनिहरुको नाम ठेगाना नोट गरेर घरघरमै पुगेर खाद्यान्न दिंदै आएको बताउनु भयो ।

करिब दुई सातादेखि दैनिक डेढसय देखि दुईसय परिवारलाई खद्यान्न वितरण गर्दै आएको अध्यक्ष राईले बताउनु भयो ।


सांसद तथा पुर्व शहरी-विकास मन्त्री राईलाई पनि दिनभरि चारैतिरबाट खाद्यान्न सहयोगका लागि फोनहरु आउने गरेकोले ती सबै आवश्यक परेकाहरुलाई पनि घरघरमा पुरयाउने काम आफ्नो टोलीले नै गरिरहेको उहाँको भनाई छ ।


पुर्व शहरी-विकास मन्त्री राईको अपील अनुसार समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ता तथा अन्य शुभचिन्तकहरुले आआफ्नो टोलमा रहेका अति विपन्नहरुको लिस्ट तयार पारेर जानकारी गराईरहेको र उनिहरुलाई राहात पुरयाउने कामममा जिल्ला अध्यक्षा राईको नेतृत्वमा एउटा टोलीनै परिचालन गरिएको जनाईएको छ ।


समाजवादी पार्टी बाँकेका अध्यक्ष राईले यस्तो संकटको घडीमा आफ्नो ज्याननै जोखिममा राखेर जनताको घरघरमा गई खाद्यान्न पुरयाउने काम एकातिर गरिरहनु भएको छ भने अर्कोतिर कोरोना विरुद्धको अभियानमा प्रत्यक्ष खटिएका प्रहरी, स्वास्थ्यकर्मी र अन्यलाई माश्क, औषधि छर्ने मेशिन, रासन, टार्च आदि पनि पुरयाउने काम गरिरहनु भएको छ ।


पुर्व शहरी-विकास मन्त्री राईले खाद्यान्न अभाव भएका हरेकलाई खाद्यान्न वितरण गर्ने कार्य भेरहेको जनाउँदै आवश्यक परेकाले समाजवादी पार्टीका अध्यक्ष राईसंग सम्पर्क गर्न समेत आगह गर्नु भएको छ ।


बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व शहरी-विकास मन्त्री राईले हालसम्म नेपालगन्ज र सो वरिपरिका विपन्न, गरिक, असहाय र भाडामा बस्ने तथा अन्य गरेर सयौं जनालाई खाद्यान्न वितरण गरिसक्नु भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »