निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

समाजसेवी ज्ञानु ओलीद्वारा १० हजार मास्क र साबुन बितरण


नेपालगन्ज ,युवा नेता तथा समाजसेवी ज्ञानु ओलीले कोरोना भाइरस (कोभिड १९०) को संक्रमणबाट आफ्नो वडाबासीलाई बचाउनको निम्ति वडा भरी नै १० हजार मास्क तथा साबुन वितरणको अभियान सुरु गरेका छन् ।

राप्ती सोनरी गाउँ पालिका वडा नम्बर दुईका सदस्य समेत रहेका युवा समाजसेवी ओलीले आफ्नै खर्चमा सम्पुर्ण वडा भरिका बासिन्दालाई मास्क तथा डिटोल साबुन र लाइफ ब्वाय साबुन समेत वितरण गर्न लागेका हुन् ।

मास्क वितरणको पहिलो दिन उहाँले राप्ती सोनारी गाउँपालिका वडा नम्बर दुइको राजपुर गाउँबाट मास्क तथा हात धुने साबुन वितरणको कार्य सुरु गरेका हुन् ।

साथै ओलिले कोरोनाबाट बच्नको लागि अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन र कोरोना भाइरस सर्न नदिन गरिने उपायका बारे सचेत समेत पारेका थिए ।

खुल्ला सिमानाका कारण कोरोना भाइरस संक्रमणको उच्च जोखिमको रुपमा बाँके जिल्लालाई लिइन्छ । हरेक स्थानिय तहले कोरोना भाइरसको संक्रमण हुन नदिन तयारी गरिरहेको अवस्थामा राप्ती सोनरी गाउँपालिका वडा नम्बर दुईका समाजसेवी ओलीले वडा भरी कै लागि पुग्ने गरि मास्क वितरण गर्न लागेका हुन् । युवा नेता ज्ञानु ओलीद्वारा वडा भरी १० हजार मास्क र साबुन बितरण राप्तिसोनरी गाउँ पालिका वडा नम्बर दुईका अध्यक्ष मदन बहादुर ओलिले युवा नेता ज्ञानु ओलिले गरेको कार्य सरहानिय रहेको र वडा र गाउँपालिकाले ओलिजस्ता युवा नेता पाएकोमा गर्व गर्नुपर्ने समेत बताउनुभएको छ ।

बाँकेका युवामाझ प्रेरणाको रुपमा चिनिने ओलीले चैत दशै ९पर्व०को दिन वडाबासिलाई कोरोना संक्रमणबाट बच्ने मास्क वितरण गर्न लागेको बताएका छन् ।

‘हामी युवाले वडाबासिको सेवा नगरे कस्ले गर्ने , म एउटा जनप्रतिनिधि समेत हु त्यसैले मैले मेरो वडाबासिको लाही आफुले सक्ने कोसिस गरेको छु । अहिलेको अवस्थामा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ‘ ओलीले बताउनुभयो । यस अघि पनि समाजिक कार्यमा संलग्न ओलिले वडामा जिम क्लब , मन्दिर निर्माण जस्ता सामाजिक कार्य गर्दै वडाबासिको मन जितिसकेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »