निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

समाज रुपान्तरणको संवाहक भएर तमाङ कलाकारहरु राजनीतिक रुपमा अघी बढुनु पर्छः स्वास्थ्य मन्त्री निमा लामा

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको १५ औं वार्षिक साधारण सभा शनिबार राजधानीको जोरपाटिमा सम्पन्न भएको छ ।

“सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तमाङ कला, साँस्कृतिक बिकास, संरक्षण तथा प्रर्वद्धन” भन्ने मूल नाराका साथ आयोजना गरिएको १५ औँ बार्सिक साधारण सभा, सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९ शनिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासचिव रोशन फ्युबाले संघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खेम मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरेका प्रतिवेदन हलबाटै सर्वसहमतिबाट अनुमोदन गरी सर्वसहमतीमा पास भएको छ । प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार हाल नेपाल तामाङ कलाकार संघको बैंक मौजदात रु.१७ लाख १९ हजार ९ सय १३ रहेको छ ।

सम्पूर्ण तामाङ कलाकारहरुको साझा संस्थाको रुपमा स्थापित हुँदै गरेको तमाङ कलाकार संघले शनिबार साधारण सभा स्थलमै नयाँ सदस्यता दर्ता, सदस्यता नविकरण गर्नुका साथै विभिन्न बिधाबाट संघलाई योगदान पुर्‍याएका व्यक्ती व्यक्तित्वहरूलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थमन्त्री निमा लामाले कुनै पनि जात वा समुदायको अस्तित्व मेटाउनु छ भने सवै भन्दा पहिले उसको भाषा मेटाउछन् त्यस्पछी बिस्तारै उस्को संकार संस्कृति मेटाउछन् । तमाङ कलाकारहरुले यि सबै कुराको जगेर्ना गर्नुमा अतुलनिय भुमिका खेलेका छन् तसर्थ अब यत्तिले मात्रा नभएर समाज रुपान्तरणको संबहाक भएर तमाङ कलाकारहरुले राजनीतिक रुपमा अघी बढ्नु पर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा जुगल गाउँपालिकाका अध्यक्ष रेशमा स्याङ्बो, चन्द्र कुमार मोक्तान रहेका थिए भने अतिथि
हरुमा प्रदिप बोम्जन, सन्चु ब्लोन, प्रविन कुमार बल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विश्व दोङले गरेका थिए भने कार्यक्रम महासचिव रोशन फ्युबाले सन्चालन गरेका थिए

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »