निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सरकारका हरेक गतिविधिमाथि खबरदारी जारी रहन्छः कांग्रेस नेतृ यादव

नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादवले सरकारका हरेक गतिविधिमाथि अझै सशक्त खबरदारी जारी रहने बताएकी छिन्।

राष्ट्रियसभा सदस्यबाट मंगलबार बिदा भएकी नेतृ यादवले सदनमा नभए पनि बाहिरबाटै सरकारका हरेक निर्णयमाथि नजर राख्ने बताएकी हुन्।

‘अहिलेसम्म राष्ट्रियसभामा थियौं, सदनबाट सरकारका गतिविधिमाथि खबरदारी गरिरहेका थियौं, तर दुई वर्षको अवधि पूरा भएर बाहिरिँदै गर्दा हामीलाई राष्ट्र र जनताप्रति सरकारलाई अझ जिम्मेवार बनाउनु पर्ने दायित्व आएको छ,’ यादवले भनिन्।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू भ्रष्टाचारका गतिविधिमा लिप्त हुँदै जानुले मुलुकमा जटिल संकट पैदा भएको धारणा नेतृ यादवको छ।

‘भ्रष्टाचारको जालो तोड्नका लागि पनि अब हामीले काम गर्नुपर्छ, सरकारी संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउनु र जनतालाई आफ्ना अधिकारप्रति सजग बनाउनु नै हाम्रो मिशन हो,’ यादवले भनिन्।

राष्ट्रियसभामा के भनिन् नेतृ यादवले?

बिदा हुनुअघि राष्ट्रियसभामा आफ्नो धारणा राख्दै नेतृ यादवले दुई वर्षसम्म उत्साहका साथ काम गर्न पाएका खुशी व्यक्त गरिन्।

‘मैले पाएको जिम्मेवारी उत्साहका साथ सम्पन्न गरेकी छु, त्यसमा म अत्यन्तै खुशी छु, मलाई गर्व लागेको छ, केही काम अधुरै रह्यो, त्यो काम पूरा गर्न राष्ट्रियसभा सदस्यहरू समक्ष हुनुहुने विश्वास मैले लिएकी छु,’ उनले भनिन्।

राष्ट्रका लागि आफ्नो ठाउँमा योगदान दिन सबै विकल्पहरूमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेतृ यादवले अब जनताका बीचमा गएर काम गर्ने उल्लेख गरिन्।

‘सांसदहरू राजनीतिज्ञहरू हुन्, राजनीतिज्ञ कहिले सदनमा हुन्छन्, कहिले सडकमा हुन्छन्, कहिले जनताका बीचमा बसेर संघर्ष गर्छन्,’ यादवले भनिन्, ‘मेरो संघर्ष पनि अब जनताका पक्षमा जनताकै बीचबाट अघि बढ्ने छ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »