सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारको नीति तथा कार्यक्रम आज घोषणा हुँदै,स्वास्थ्य र रोजगारीलाइ पहिलो प्राथमिकता

काठमाडौं। सरकारको आगामी आर्थिक वष २०७७/७७ को नीति तथा कार्यक्रम आज आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसदअन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सो नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ ।

संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ। कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानलाइ प्राथमिकतामा दिइएको अर्थमन्त्रालय स्रोतले बताएको छ । नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ ।कार्यक्रममार्फत रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा विशेष जोड दिइने लक्ष्य राखिएको छ ।

हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मानवीय क्षतिसँगै ठूलो आर्थिक क्षति बढिरहेको छ । नेपालमा पनि अर्थतन्त्रमा ठूलो असर पर्ने संकेत देखिएका छन् । यसर्थ आगामी नीति तथा कार्यक्रमले यही प्रकोपका कारण सृजित आर्थिक समस्यालाई प्राथमिकतामा राखिने अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार नागरिकको जीवन रक्षालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमले अर्थतन्त्र उकास्नेतर्फ विशेष व्यवस्था गर्नेछ । साथै सांसद विकास कोष स्थगित गर्ने सम्भावना समेत रहेको छ भने साना तथा मझौला उद्योग र स्वरोजगारलाई प्रोत्साहन दिने गरी नीति तथा कार्यक्रम बनाइएको छ । यसकै आधारमा आगामी आर्थिक वर्षको बजेट समेत विनियोजन गरिनेछ ।

आर्थिक वृद्धिको लक्ष्य भने यसपटक विगतमा भन्दा घटाइएको छ । कोरोनाले श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आगमन, आपूर्ति तथा अन्य क्षेत्रमा समेत प्रभाव पारेकाले सरकारले ३ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने गरी नीति तथा कार्यक्रम र बजेट बनाएको बताइएको छ ।

नीति तथा कार्यक्रमपछि सरकारले यही जेठ १५ मा आगामी आव २०७७/७८ को बजेट घोषणा गर्नेछ । अहिले संसदमा बजेट अधिवेशन चलिरहेको छ । गएकाे वैशाख २८ गतेदेखि बजेटका प्राथमिकता र सिद्धान्तमाथिकाे छलफल थालिएकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »