सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारको सार्वजनिक यातायात चलाउने निर्णय यातायात व्यवसायीद्वारा अस्वीकार

काठमाडौं / २६ असार
सरकारको निर्णयअनुसार यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ दुवैले आफ्ना माग सनुवाई नभएसम्म गाडी सडकमा निकाल्न नसक्ने जानकारी दिएका हुन् ।

सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको भए पनि व्यवसायीका माग सम्बोधन नगरेको उनीहरूको आरोप छ ।

सरकारले काठमाडौं उपत्यकामा शुक्रबादेखि ट्याक्सी र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । महासंघले एक विज्ञप्ति जारी गर्दै
तत्काल सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नसक्ने जानकारी दिएको छ।

महासंघले जारी गरेको विज्ञप्ति

भर्खरै

सम्बन्धित खबर

Language »