सरकारले आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने

काठमाडौँ । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्‍चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताएका छन् ।

यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भर्च्युअल कक्षा सञ्‍चालन,अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्‍चालन गर्ने सरकारको तयारी छ ।

यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । १/१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ ।

१३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताएक छन । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको पनि उनले बताए ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा ७ अर्ब ५२ करोड विनियोजन गरेको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए । छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्‍नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई मूलभूत शिक्षामा लैजााने भएको छ ।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »