सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले पठाओ र टुटललाई दर्ता गर्ने कानुन बनाउने

काठमाडौं ।
टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूको पञ्जीकरण (दर्ता) गरी सञ्चालन गर्न सरकारले कानुन बनाउने भएको छ ।

कानुनमा यस्तो सेवासम्बन्धी व्यवस्था नभएको भन्दै पटकपटक सरकारी निकायको तारो बन्दै आएका राइड सेयरिङ कम्पनीलाई संघीय सवारी तथा यातायात व्यवस्था विधेयकमा अनुमति दिने प्रस्ताव गरिएको छ ।

टुटल र पठाओजस्ता सेवा प्रदायकलाई व्यवस्थित गर्ने गरी कानुन बनिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

ऐन ल्याएर यस्ता सेवालाई व्यवस्थित गर्न खोजिएको उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »