सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्चद्वारा सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरपछि नेतृ गिरीले आफूलाई पार्टीले अवैधानिक रुपमा सांसद पदबाट हटाएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन् ।

उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमाहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अश्विकार गरेको हो ।

पार्टीको निर्णयविरुद्ध गिरीले असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ भएको थियो ।

सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न आज बोलाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »