सशस्त्र प्रहरीद्धारा सुर्तीजन्य पदार्थ बरामद


नेपालगन्ज,सशस्त्र प्रहरी बल विओपी जमुनाह भन्सारको टोलीले भारतबाट भित्र्याइएको अवैध सुर्तिजन्य पर्दाथ बरामद गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माको कमाण्डमा खटिएको टोलीले भारतबाट भित्रयाएको अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।

नेपालगन्ज १५ टंकपसेरीबाट उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बिडी, पानको पात, कमला पसनलगायतका सुर्तिजन्इ पदार्थ बरादम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त सामाग्रीको मूल्य ६४ हजार बढी रहेको बताइएको छ । बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

+ posts
Language »