सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउदी दूतावास अघि नेपालीहरुको चर्को प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं। कोरोना भाइरसका कारण स्वदेशमा रहेका नेपाली मात्र नभएर विदेशलाई आफ्नो कर्म थलो बनाएर काम गरीरहको नेपाली पनि मारमा परेका छन् ।

विश्वको अर्थतन्त नै तहसनहस हुने गरी सुरु भएको कोरोना माहामारीको बेला सरकारले दीर्घकालीन योजना नल्याउदा नेपालमा रहेको नेपाली मात्र नभइ विदेशमा रहेका नेपाली समेत आक्रोशित बनेका छन् ।

सरकारको कार्यशैली गुनासो गर्दै साउदी अरबमा रहेका नेपालीले सरकारको विरोध गर्दै विरोध प्रदर्शन गरेका छन् । रोजगारीको सिलसिलामा साउदी अरेयिबा पुगेर पछिल्लो समय अलपत्र परेका नेपालीहरुले सरकार विरुद्ध विदेशी भूमिबाट नै विरोध प्रदर्शन गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेका उनिहरुले प्रतिकुल अवस्थामा समेत आफ्ना जनता प्रति सरकार उत्तरदायी नबनेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन ।

साथै साउदी अरबमा रहेको नेपाली दूतावासले आफुहरुको पीडा न बुझेको भन्दै दूतावास खारेजको समेत माग गरेका छन् । यो समस्या साउदी अरबको मात्र होइन, नेपालीहरु रोजगारीको सिलसिलामा पुगेको अधिकांश मुलुकमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »