निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले विहीबार पनि घरदैलो तथा मतदाता भेटघाट जारी


नेपालगन्ज ,आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले विहीबार पनि घरदैलो तथा मतदाता भेटघाट जारी राख्यो ।

विहीबार जमुनाहबाट सुरु भएको घरदैलो तथा भेटघाट अभियान चौलिका चोक, क्याम्पसरोड, ट्राफिक चोक, चारवाहिनी, सुर्खेत रोडलगायतका स्थानमा सम्पन्न गरिएको साझा प्रजातान्त्रिक उद्योग व्यावसायी समूहको प्रचार प्रसार सचिवालयले जनाएको छ ।

घरदैलो अभियानका क्रममा मतदाताहरुले उद्योग बाणिज्य संघको खस्कदो साँख, व्यवसायिक मुद्दामा देखिएको विचलनबारे चासो र चिन्ता राखेका थिए । त्यसक्रममा ललित कुमार रौनियार नेतृत्वका उम्मेदवारहरुले संघको गरिमा उचो राख्न र व्यवसायिक सुरक्षा र हकहितका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दृढताका साथ काम गर्ने विश्वास दिलाउँदै आफ्नो प्यानललाई मतदान गरेर सहयोग गर्न आग्रह गरेका थिए ।

“आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह घरदैलोमा पुग्दा मतदाता उत्साहीत हुँदै विजयीको शुभकामना तथा शुभेच्छा दिने गरेका छन् ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »