निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सामाजिक संजालमा आगो लागाउने म्युजिक भिडियो “ब्रत बस्छु म” सार्वजनिक

काठमाडौँ । ब्रत बस्छु म म्यूजिक भिडियो सार्वजनिक हुनुभन्दा अगाडी नै वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ, गायिका निर्मला घिसिङ, मोडल रजनी घिसिङसँगको संवादले सामाजिक संजालमा आगो लगाएको थियो । साउन ६ गते सोमबार काठमाडौँको बानेश्वरमा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ, शब्द रचनाकार कुमार स्याङवा, पत्रकार मिलन लामा, व्यवसायी रेशम लामा योञ्जन, भीमफेदी गाइज लगाएतको टीम बसेर कस्मो इभेन्ट्स् युटुव च्यानलबाट डम्फू भीट्को तीज गीत “ब्रत बस्छु म”म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोडल रजनी तामाङ घिसिङको मुख्य भुमिका रहेको यो म्युजिक भिडियोमा एक जना बाहुनी र एक जना तामाङ युवक बीच भएको प्रेम कथालाई मुख्य केन्द्र विन्दुमा राखेर यो म्यूजिक भिडियो निर्माण भएको भिडियो हेरेपछि थाहा हुन्छ ।

भीमफेदी गाइजको टीमले काम गरेको यो म्यूजिक भिडियोमा मोडल रजनी तामाङ घिसिङलाई बाहुनीको रोलमा देख्न पाइन्छ भने भीमफेदी गाइजको निर्मल कुमार लामाले तामाङ युवकको भुमिका निर्वाह गरेको छ । यो म्युजिक भिडियोको ब्यकराउण्ड भुमिका र कथा बस्तु मिलेको छ ।

ब्रत बस्छु म म्युजिक भिडियो सार्वजनिक भएको एक दिन अगाडी नै सामाजिक संजालमा यो म्युजिक भिडियोकोबारेमा आगोलागी भएको थियो । धेरै दर्शकहरुले गायिका निर्मला घिसिङ र वरिष्ठ संगीतका चन्द्र कुमार दोङसँग गरिएको संवादको अन्दाजमा विभिन्न कमेन्ट् गरेको थियो । अब म्युजिक भिडियो सार्वजनिक भएको छ । मुल्याङ्कन गर्ने अभिभारा दर्शकको हो ।

यो संवाद भएपछि सामाजिक संजालमा “ब्रत बस्छु म” म्युजिक भिडियोको टिकाटिप्णी भएको थियो । सामाजिक संजालमा आगो लगाएको थियो ।
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »