निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सामुदायीक बाङ्थली बिद्युत प्राधिकरणको लार्पारबाही, चौरीदेउराली गाउँपालिकाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो

चौरी देउरालीबाट क्षितिज सर्गम (रिकेश)ले गरेको रिपोर्टिङको आधारमा

काठमाडाैँ । काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउरी गाउँपालिका वडा नं १ मा सामुदायीक सानो बाङथाली विद्युत प्राधिकरणको लापारबाहीको कारणले गत महिना स्थानीय धन बहादुर घिुिसङाको ज्यान गयो । यो विषयमा सारा खबरको प्रतिनिधि क्षितिज सर्गम (रिकेश) ले स्थलगत अवलोकन गरेर रिपोर्टिङ गरेको छ ।

सामुदायीक सानो बाङ्थलीमा सामुदायिक विद्युतको लापरबाहीको कारणले धन बहादुर घिसिङको ज्यान गएको स्थानीयको आरोप छ ।

विद्युत प्रसारण लाईन वितरण गर्दा सुकेको काठको पोल नगाडी सल्लाको अग्लो रुखको आगो छिनालेर त्यही रुखबाट तार तानेको स्थानीयले फोटो नै उपलब्ध गराएको छ । यो विषयमा सारा खबरको पत्रकार मिलन लामा दोङले वडा अध्यक्ष सुनिल लामासँग सम्पर्क गरेर समस्याकोबारेमा सोध्दा उहाँ यसो भन्नु हुन्छ । “हो एक महिना पहिला विद्युुत सट् भएर एक जनाको मृत्यु भयो । हुन त म निर्वचित भएर दुई महिना मात्रै भयो तर पनि मैले काठको पोल मुक्त वडा बनाउनका लागि पालिकासँग सहकार्य गरि दशलाख बजेट छुटाएको छ । बजेट पुग्दो छैन । पालिकाले खासै ध्यान दिएको छैन । समस्या छ । दोस्रो कुरा सानो वाङथाली विद्ययुत प्राधिकरणको अध्यक्ष सानु कान्छा लामासँग मैले किन यसरी तपाईहरु समस्याको समाधान गर्न लाग्नु हुन्न । विद्युतको विल किन बाँकी राखेको भनेर बारम्बार ताकेता गर्दा पनि वास्ता गरेको छैन । अब म चिठी काटेर नै बोलाउने छु ।”

२०६७ साल देखि सुरुवात भएको सामुदायिक विद्युत स्थनीले राम्रोसँग बाल्न नपाएको गुनासो पोखेका छन् भने वडा अध्यक्ष सुनिल लामाले पनि दुई दिन देखि नआएर वडाको कुनै काम गर्न नपाएको जानकारी दिएको छ ।

सानो बाङथली सामुदायीक विद्युत प्रसारण लाईन अव्यवस्थीत रुपमा छन् भन्ने कुरा स्थानीयले उपलब्ध गराएको फोटोबाट प्रस्ट देखिन्छ । वडाले यसलाई चाडै व्यवस्थाको लागि अध्यक्ष सानु कान्छा लामालाई निर्दैशन दिएको र नमाने कार्बाहीका पक्रियामा लाग्ने वडा अध्यक्षको बताएको छ भने सामुदायीक विद्युत प्राधिकरणमा भ्रष्टार भएको स्थानीयको आरोप छ के भनी प्रश्न गर्दा उहाँले यस विषयमा अहिले नै बोल्न नमिल्ने बताएको छ भने विद्युतको बक्यौता बाँकी छ भने भन्दा स्थानीयले गरेको तर्क ठिकै भन्ने वडा अध्यक्ष सुनिल लामाको भनाई रहेको छ ।

सामुदायीक सानो बाङथली सामुदायीक विद्युतले गरेको बेइमानी र काठको पोलको समस्याकोबारेमा प्रश्न गर्दा त्यसबारे कसैले रिपोर्टिङ नगरेको र कुनै जानकारी नपाएको भन्दै पन्छिएको छ । हरेक वडाको समस्याको बारेमा जानकारी राख्न पालिका अध्यक्षको दायित्व हो तर सामाजिक संजाल भरि सुकेको काठको पोल नराखि सल्लको रुखको हाँगो काटेर विद्युतको तार तानेको फोटाकोबारेमा टिकाटिप्णी र दोहोरी चलिरहदा चौरी देउराली गाउँपाकिाको मेयर रेणु दाहाल कसैले रिपोर्टिङ नगरेको भन्दै पन्छिन खोजेको छ । यो बारेमा वडा अध्यक्ष सुनिल लामालाई हामीले फोन गरी प्रश्न गर्दा पालिकाको अध्यक्षले गैर जिम्मेवार पुर्ण जवाफ र यसबारे पाहिला नै जानकारी गरी समस्या समाधानका लागि बारम्बार अनुरोध गर्दा पनि ध्यान नदिएको गुनासो सारा खबरको प्रतिनिधिको प्रश्मा गरेको छ ।

यसैगरी सानो बाङथली विद्युत प्राधिकरणको अध्यक्ष सानुकान्छा लामाको ९८४९४५९८८.मा फोन गर्दा स्वीच अफ गरेको जवाफ पाएको छ ।

बाङथालीको स्थानीयले सारा खबरलाई बारम्बार यो विषयमा गुनासो पोखेको कारणले वडा अध्यक्ष सुनिल लामा, पालिका मेयर रेणु दाहालसँग समस्याको बारेमा बुझेर समाचार तयार गरेको हो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »