सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि एक हप्ता लकडाउन

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले भदौ १ गतेबाट जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ।

छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी भदौ १ गतेदेखि सात दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न नपाइने भनिएको छ। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दुध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै,सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »