निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सिन्धुपाल्चोक बाट एमालेले ब्यबसायी भरत पराजुली लाई अघि सार्यो

सिन्धुपाल्चोक । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको मिति नजिकिदै गर्दा राष्ट्रिय महत्व राख्ने दलहरुले धमा धम उम्मेदवारको चयन गर्न थालेका छन् ।
राजधानिको नजिकै रहेको तथा राजनैतिक हिसाबमा अत्यन्तै महत्वको साथ हेरिने सिन्धुपाल्चोक जिल्लामा मुख्य तिन वटै पार्टीले आ—आफ्ना संभाबित उम्मेदवार घोषणा गरि सकेका छन्
गठबन्धनबाट चुनाब लड्ने घोषणा गरेका बाम लोकतान्त्रिक गठबन्धन अन्तरगतका माओवादी र नेपाली काँग्रेसले समेत आ—आफ्नो उम्मेदवार को नाम सार्वजानिक गरेका छन् ।
नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ कुनैपनि हालतमा नछोड्ने भन्दै सम्बन्धित पार्टी कमिटि बाट सर्वसहमत निर्णय गराएर उपल्लो कमिटिमा सिफारीस पठाए पछि आज माओवादीले समेत आफ्नो उम्मेदवारको नाम सावैजानिक गरेको छ ।
काँग्रेस बाट मोहन बहादुर बस्नेत र माओवादी बाट सभामुख अग्नि सापकोटा, माधव सापकोटा (सुबोध) तथा फुलम तामाङ (प्रज्ञा) लाई सिफारीस गरेको छ भने एमाले बाट पुराना नेता अरुण नेपाल , शरेस नेपाल तथा ब्यबसायी भरत पराजुली लाई सिफारीसमा परेका छन् ।
राजनैतिक क्षेत्रमा खुलेर नलागेको भएपनि कुटनितिक र आर्थिक क्षेत्रमा सबल मानिएका भरत पराजुली लाई नै एमालेले अगाडी बढाउन सक्ने सिन्धुपाल्चोकको राजनितिलाई नजिकै बाट नियालीरहेका केहि बौद्धिक ब्यक्तिहरुले बताएका छन् ।
राजनितिमा अब्बल मानिएका माधब सापकोटा (सुबोध) र लामो समय देखि सिन्धुपाल्चोकको राजनितिमा हालि मुहालि गरेका मोहन बहादुर बस्नेतलाई टक्कर दिन सक्ने उम्मेदवारको रुपमा एमालेले भरत पराजुलीलाई अगाडी सारेको जानकारहरु बताउँछन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »