सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, जमैका विजयी

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो ।

जमैकाले दिएको १४८ रनको लक्षु पछाएको सेन्ट किट्स १९.४ ओभ्त्मा ११० रन बनाएर अल आउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो ।

सेन्ट किट्सका लागि एविन लुइस र किरन पावेलले २१-२१ रन बनाए भने निक केलीले १६ तथा दिनेस रामदीनले १३ रन र इमरान खानले १० बनाएका थिए ।

जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिए भने सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २-२ विकेट लिए । त्यस्तै मुजीबउर रहमानले एक विकेट लिएका थिए ।

नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले एवीन लुइस र इस सोढीलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ६ खेलमा ९ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ६ व्केट गुमाउदै १४७ रन बनाएको थियो ।

जमैकाका लागि ग्लेन फिलिपले सर्बाधिक ७९ रन बनए भने जेर्मीने ब्लाकवुडले २७, नक्रुमाह बोन्नरले १६, असिफ अलीले १४ रन बनाएका थिए ।

सेन्ट किट्सका रयाद एम्रिटले ३ विकेट लिएका थिए ।

योसँगै जमैकाले ६ खेलमा तेस्रो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । त्यस्तै सेन्ट किट्सको भने यस सिजनमा यो छैठौ खेलमा पाँचौ हार हो ।

अब जमैकाको अर्को खेल भदौ १६ गते बिहान ट्रीबागो नाइट राइडर्सविरुद्ध हुने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »