सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिरहामा अन्त्येष्टि गरिएको दुई दिनपछि कोराना पुष्टि, मलामी खोज्दै प्रहरी

सिरहा । सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा कोरोना संक्रमण पुष्टि मृत्यु भएको छ।

भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको हो।

ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामीसमेत थिए र उनको ३ गते मृत्यु भयो। सामान्य तरिकाले अन्त्येष्टि गरियो र अन्त्येष्टिको २ दिनपछि रिपोर्ट पोजेटिभ आयो।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार मलामी जानेहरुको पहिचान गरेर क्वारेनटाइनमा राख्ने तैयारी भैरहेको छ। क्वारेनटाइनमा उनीहरु ५ दिन बसी सकेपछि उनीहरुको स्वाब संकलन गरिने छ।

अन्त्येष्टिको क्रममा एकजनाले भिडियो लिएको हुनाले मलामी जानेहरुको पहिचान गर्न सजिलो भएको प्रजिअ कणेलले बताए। त्यहाँ २५ देखि ३० जना मलामी गएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »