सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा आज पनि नँया रेकर्ड, तोलाको १ लाख २ हजार ५ सय

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुनको मूल्य बढ्दा बिहीबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »