सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन मूल्यमा गिरावट, चाँदीको मूल्य बृद्वि

काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला एक लाख तीन हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख दुई हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको हो।

आज तेजाबी सुनको मूल्य एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

चाँदीको आइतबारकालागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटका कारण भाउ घटेको महासंघको भनाई छ ।

झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »