सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुर्खेतमा १२ जना संक्रमित थपिए ,क्वारेन्टाइनको जिम्मा सेनालाई दिन सुझाव

सुर्खेत । कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले ।

उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो । अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ ।

डा. खड्काले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नेपालीलाई सीमावती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ । भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिएपछि करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »