सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेनाले १८ करोडको सवारीसाधन खरिद गर्ने

काठमाडौँ / १४ असार
नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूले बताउनु भएको छ।

सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।

भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गरिँदैछ। यो राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »