स्वच्छता नै काेराेना भइरसकाे भ्याक्सिन हाेः फुर्बा साङ्गे मोक्तान

केही दिन अघि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ बर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएर करिब २ हप्ताको अस्पताल बसाइ पछि निको भएर घर फर्किइन् । उनीसँगै हाल सम्म अन्य १२ जना संक्रमितहरु पनि उपचार पछि निको भएर घर फर्किएका छन् । यो आलेख तयार पार्दासम्म नेपालमा ५१ जना ब्यक्तिहरुमा संक्रमण पुष्टि भईसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन । सरकारको अधिकारिक जानकारी (सिट्रेप#३७५) अनुसार ३९६७० जनाको द्रुत परिक्षण र ९६६६ जनाको पिसिआर (polymerage chain reaction) प्रबिधिबाट परिक्षण भईसकेको छ ।

परिक्षणको तिब्रता पछिल्लो केही समयमा उल्लेखनिय बृद्धि भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गईरहेको छ । पछिल्ला दिनमा पत्ता लागेको काठमाडौस्थित सनसिटी कोलोनीमा पुष्टि भएका संक्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तिमा १ महिना जत्तिको देखिन्छ । यति मात्र होइन उनीहरुमध्ये २ जनामा संक्रमण देखिए पनि रोगका लक्षणहरु भने देखिएनन । यसबाट हामी के कुरा अनुमान लगाउन सक्दछौ भने संक्रमणहरु भएका छन् तर पुष्टि हुन ढिलो भईरहेको छ । उनीहरु जस्तै अन्य पनि संक्रमण हुन सक्दछ ।

हामीसँगै भएको र हाम्रो आफ्नै बुताले भ्याउने स्वच्छता कायम गरेर रोगथाम र नियन्त्रण गर्नु नै राम्रो हो । यो नै हालका लागि उत्तम भ्यक्सिन हो । नियमित रुपमा केवल साबुन पानीले हात मिचिमिची धुने, घरबाहिर निस्कँदा सबै दोस्रो–तेस्रो ब्यक्तिसँग कम्तिमा १ मिटरको दुरी कायम गरेर मात्र कारोबार गर्ने तथा मास्क अनिबार्य प्रयोग गर्ने गर्दा मात्र पनि हामी धेरै सुरक्षित बन्न सक्नेछौ ।

यहाँबाट सुईलाई दुईतिर घुमाउन सकिन्छ । पहिलो त, लक्षण नदेखिएका कोरोना भाइरस कोभिड –१९ को संक्रमण भएपनि नदेखिएकाले अन्य स्वस्थ ब्यक्तिहरुमा सर्ने तर बाहिरी लक्षण नदेखिने क्रम जारी नै रहन सक्छ । जसले गर्दा बरफको डल्लो (ice cap) जस्तो बहिर थोरै देखिए पनि भित्र भयावह संक्रमण भईसक्ने अवस्था रहन सक्दछ । त्यसैगरी दोस्रोमा, निको भएर जानेहरुमा फेरि पनि अन्य संक्रमित वा लक्षण नदेखिएका संक्रमितहरुबाट पुनःसंक्रमणको सम्भावना रहन सक्दछ । तेसो भए, के छैन त केही समाधान ? अवस्य छ । जहाँ इच्छा, त्यहाँ उपाय भने जस्तै दृढ इच्छा शक्ति नै उपाय हो ।

जस्तो कि हामी सबैलाई थाहा छ, यो लेख लेखिदासम्म न त यो रोगको कुनै औषधी पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै । यस्तो परिस्थितिमा हामीसँग मूलतः दुई बिकल्पहरु छन् । एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने, कि बिजय प्राप्त गर्ने कि मृत्‍यु स्वीकार गर्ने । कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्‍यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ । र साथै उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नुपर्ने हुन सक्छ । यो हार्ने लडाईं हो ।

दोस्रो, कोभिड–१९ लाग्नै नदिने । यो जित्ने लडाईं हो । तर कसरी ? यदि तपाईंले कोरोना भाईरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ । तपाईं हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो । या भनौं, जोखिमयुक्त बानी व्यबहार नै कोरोन भाइरस सर्ने कारण हो, जसमा स्वच्छता ब्यवहारको भूमिका मैले ८० प्रतिशत भन्दा बढी देखेको छु । जस्तो कि विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार कोभिड–१९ बाट बच्न ६ वटा सुझाबहरु, जस्तैः

१. साबुनपानी वा अल्कोहलजन्य (यदि आँखाले हेर्दा फोहोर छैन भने) ले हात नियमित धुने ।

२. खोक्दा नाक र मुख कुहिना वा टिसुले छोप्ने, बन्द भाँडोमा फाल्ने र हात धुने ।

३. कम्तिमा १ मिटर (३ फिट) को समाजिक दुरी कायम गर्ने बिशेष गरी खोक्दा र ज्वरो आउँदा ।

४. नाक, मुख र आँखा छुने काम नगर्ने ।

५. मास्क र व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग बिरामी हुँदा, बिरामीको हेरचाह गर्दा वा स्वास्थ्य संस्थामा गर्ने । र

६. यदि बिरामी हुनुहुन्छ भने घरमै बस्ने तर ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तत्कालाई चिकित्सा सेवा लिने ।

माथिका सुझाबहरु मध्ये छैंटौं बाहेक बाँकी पूर्णतः स्वच्छताका आचरणहरु हुन । यदि यी आचरणहरुको पूर्ण पलना गर्न सकियो भने कोभिड–१९ हुने सम्भावना ज्यादै न्युन हुने कुरामा दुइमत नहोला ।

यी हरफहरु लेखिरहदा लकडाउन (बन्दाबन्दी) को पनि मासिकी पुगेको र पछिल्लो म्याद थपेको दिन आईपुग्न एक दिन मात्र बाँकी छ । कुरा स्पष्ट छ कि मानिसहरु अब जीविकाका लागि अत्तालिन थालिसकेको अवस्था छ । रोगले भन्दा पनि भोकले पिरोल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा । झन, शहरी गरिब, श्रमिक, मजदुर, डेरावाल एवं विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा त ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाँडै आउन नसक्ला भन्न सकिन्न ।

१ महिना अघि लकडाउन सुरुहुने ताका भन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको देखेको छु । उनीहरु रोगसँग डराएर घर फर्कन चाहेका मात्र छैनन् अपितु जीविकाका लागि कुनै उपाय नभए पछि जीवन बचाउन पनि राती राती हिंडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन् । धेरै सञ्चारमाध्यमहरुले उनीहरुको कारुणिक कथा देखाइ–सुनाईरहँदा धेरैपल्ट यो पङ्तिकार पनि भाबुक भएको दृष्टान्त छ ।

–लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुनुहुन्छ ।थप केही जिज्ञासा भएमा, Email: [email protected]

यस सन्दर्भमा हेर्दा अवस्य पनि लकडाउन केवल एक बिकल्प मात्र भएको र बैशाख १५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास बिशेष महत्व नभएको देखिन्छ । बरु बिशेष परिस्थितिका लागि बिशेष प्रयोजन अनुरुप २५, ५०, ७५ र १०० % लकडाउन वा यस्तै केही उपायहरु मार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ । हुन त सरकारको अधिकारिक धारणा आईनसके पनि केही सञ्चारमाध्यमबाट बैशाख १५ पछि लकडाउन नलम्बिने भन्ने किसिमको समाचार पनि आईरहेको छ । यस्तो अवस्थामा कम्तीमा १ मिटरको दुरीले स्वच्छ दुरीको अचुक काम गर्ने देखिन्छ र कोभिड– १९ नियन्त्रणमा अमृतबाणीको पनि काम गर्न सक्नेछ ।

बिचारणीय कुरा के छ भने, भोलिका दिनमा संक्रमणको जोखिमबाट बच्ने हो भने स्वच्छतालाई बिशेष प्राथमिकतामा राखेर सो सम्बन्धी ब्यवस्था गर्न अत्यावश्यक छ । हामी सबैलाई थाहा छ, बैज्ञानिकहरु यस रोगको औषधी र भ्यक्सिनको खोजीमा दिनरात लागि परेका छन् । बुझ्नु पर्ने कुरा के छ भने भ्याक्सिन पत्ता लागेर प्रयोगमा आउन बैज्ञानिकहरुकै कुरा सुन्दा पनि कम्तिमा १ बर्ष लाग्नेछ ।

त्यसमाथि नेपालमा सर्बसुलभ हुन अर्को समय त छँदैछ । त्यसैले, हामीसँगै भएको र हाम्रो आफ्नै बुताले भ्याउने स्वच्छता कायम गरेर रोगथाम र नियन्त्रण गर्नु नै राम्रो हो । यो नै हालका लागि उत्तम भ्यक्सिन हो । नियमित रुपमा केवल साबुन पानीले हात मिचिमिची धुने, घरबाहिर निस्कँदा सबै दोस्रो–तेस्रो ब्यक्तिसँग कम्तिमा १ मिटरको दुरी कायम गरेर मात्र कारोबार गर्ने तथा मास्क अनिबार्य प्रयोग गर्ने गर्दा मात्र पनि हामी धेरै सुरक्षित बन्न सक्नेछौ ।

बिहान घरबाट निस्केर आफ्नो काम सकेर फर्केर घर आइपुग्दा बीचमा भएका गतिबिधिहरु पनि जोखिममुक्त हुनेछ र आफू लगायत परिवारका सदस्यहरु पनि कोरोना रहित हुन सक्नेछौ ।

अन्त्यमा, हामी सबैजना श्रमजीवी छौ, काम विना जीविका नचल्ने विश्वब्यापी परिस्थिति छ र यसबाट हामी पनि अछुतो छैनौ । तर काम अघि बढाउने र काम अघि बढाउँदै गर्दा रोगको जोखिमबाट बच्नु पर्ने अहिलेको पहिलो प्राथमिकता रहँदा स्वच्छता बानी ब्यवहार र सुबिधा नै महत्वपूर्ण कडी हो । अतः स्वच्छता नै कोरोना भाईरस रोग–१९ बाट बच्ने सस्तो र सर्बसुलभ भ्याक्सिन हो, सबैभन्दा दिगो औषधी पनि हो ।

वास खबरबाट साभार

कोरोना भाइरस

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: