निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

(स्वतन्त्र) सदस्य पदका उम्मेदवार रमेश चन्द्र कुमाल (भुईंहारे) काला कौव्वाको विजय हुने मतदाताको भनाई


नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनको लागि माघ ११ गते शनिवार दिन हुने भएको निर्वाचनमा रमेश चन्द्र कुमाल (भुईंहारे) काला कौव्वाप्रति मतदाताको रुझान बढ्न थालेपछि उनीको विजय सुनिश्चित नै हुने मतदाताको भनाई रहेको बुझिन्छ ।


यस निर्वाचनमा रमेश चन्द्र कुमाल (भुईंहारे) काला कौव्वाले आफ्नो जीत सुनिश्चित पार्न उद्योगी व्यवसायीमा विभिन्न आश्वासन दिएका छन् ।

उनीले आफू यस निर्वाचनमा विजयी भए कर चुक्ता प्रणालीबाट पीडित उद्योगी व्यवसायीलाई कर चुक्ता प्रणालीबाट राहत दिलाउन कर सहयोगीको भूमिका निर्वाह गर्दै आन्तरिक राजस्व कार्यालयमा छुट्टै हेल्प डेस्क निर्माण गरी कर चुक्ता प्रमाण पत्र सम्बन्धित प्रतिष्ठानमा निःशुल्क रुपमा पु¥याउँदै कर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार रमेश चन्द्र कुमाल (भुईंहारे) काला कौव्वाको यस्तो प्रतिबद्धता आएपछि विशेषकर पहाडी समुदाय उनीको खुलेर समर्थनमा उत्रेका छन् ।

त्यस्तै नै समर्थन मुस्लिम, बनिया र मारवाडी समुदायले पनि जनाएका छन् । चारैतर्फबाट कुमाललाई समर्थन मिल्न थालेपछि उनी चुनाव प्रचार प्रसारमा अझ हौसिएका छन् ।
उनी अहिले टाढा–टाढा सम्म पुगी मतदाताको आशिर्वाद प्राप्त गरी रहेका छन् ।
सबै भन्दा बढी प्रचार प्रसारमा जोड उनी सामाजिक संजाल, स्थानीय मिडियाबाट प्रचार प्रसार गराई रहेका छन् ।

यसको अतिरिक्त उनीले मतदाताहरुलाई फोनबाट सम्पर्क गरी आशिर्वाद लिई रहेका छन् । मतदाताहरुले पनि अब एउटालाई माइनस गरी सदस्य पदमा रमेश चन्द्र कुमाल (भुईंहारे) काला कौव्वालाई अत्यधिक मतले विजयी बनाऔं भन्ने किसिमको नारा लगाउन शुरु गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »