सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नु : गृह मन्त्रालय

काठमाडौं। कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो ।

त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । गोरखापत्र दैनिकबाट साभार।

भर्खरै

सम्बन्धित खबर

Language »