स्वास्थ्यकर्मी सम्झना थोकरको कोरोना डायरीः स्वास्थ्यकर्मीले कोरोना सार्छ भन्ने मानसिक्ता त्यागौं

बनेपा । मेरी आमा बाबाले भन्नुहुन्थ्यो। ”छोरि तिमी डिउटीमा नजानु, काम छोडीदिनु। कोरोणा लाग्यो भने मर्छ। त्यस्को कुनै उपचार नै छैन। एकचोटी लागिसकेपछि फेरि फेरि पनि लागिरहन्छ रे। अनि तिमीलाई समाजले नराम्रो नजरले हेर्छ” भन्नुहुन्थ्यो। ”यस्लाई त कोरोणा लागेको रे भन्छ्न। अनि हाम्रो परिवारलाई समेत गार्हो हुन्छ। नजाउ न छोरी” भन्नुहुन्थ्यो।

मैले भने ”तपाईहरु चिन्ता नलिनुस् । तपाईहरुको आशिर्वादले यहाँसम्म आईपुगेकोछु। अझै पनि मलाई यो भीषम घडीमा हजुरको पूरा साथ भयो भने, म यो परिस्थिति त के मृत्यु संग पनि लड्न सक्छु। र पूरा गर्वका साथ आफ्नो कर्तव्य पूरा गर्छु। म स्वास्थ्यकर्मी हुनुमा मलाई गर्व लाग्छ आमा बुबा।”

आज मात्र घटेको घट्ना:- दिनभरी डिउटी गरि साँझपखा खाजा खान्छु, अब भनेर बाहिर निस्के, अनि एउटा नजिकैको खाजा पसलमा छिरे, र म सदा झैँ मलाई खाजा बनाईदिनुस न दिदी भनेर थपक्क बसे। उहाँकै छोरी छिन। र मेरो नजिकै त्यैइ सानी प्यारी परि जस्तै भएर छोरी बसेकि थिईन। मैले जिस्काउदै टाढैबाट कस्ति प्यारी परि जस्तै है हजुरको छोरी भने।

अनि उहाँले भन्नूभयो नछुनु है कोरोणा लाग्छ,भनेर भन्नुभयो। अझ उहाँको कुरा त यहाँ नआएनि हुने भन्ने कुरा पनि गर्नुभयो। अनि म एकछिन चुप लागे, अनि फेरि उहाँले भन्नुभयो। तपाईहरुको मेडिकलमा त कोरोणा लागेको मान्छे आउँछ्न,त्यसैले तपाईलाई नि लागेको होला नछुनु भन्नू भयो।

अनि मैले भने कोरोणा छुदैमा लाग्ने रोग हैन दिदी। यो रोग त जब दुई व्यक्ति अथवा एकैठाउमा धेरै व्यक्तिहरु बस्दा जहाँ चै दुरि नगरीकन बसि, आम्नेसाम्ने बसि गफ गर्दा चै लाग्ने सम्भावना बडि हुन्छ। त्यो पनि यदि त्यो मान्छे संक्रमित हो भने मात्र ।

अनि म यति भन्दै खाजा खाएर निस्के केहि पनि भन्नै मन लागेन। अनि गम्भीरताका साथ सोच्न थाले।

हो हामी स्वास्थ्यकर्मी यो अवस्थामा पहिलो नम्बरमा पर्छ। यदि कोरोणा लागे भनेपनी, समाजप्रती मैले गरेको योगदान सम्झेर कोरोणा संग जित्न सक्छु। म भनी आत्मसात् गर्दै अघि बडेको थिए।

तर यो समाज खै के भनु म यो समाजलाई जस्लाई हामी स्वास्थ्यकर्मीले दिनरात नभनि पिपिई लगाउदा शरीर आगो झैँ भएर झल्दापनि फुकाल्न नमिल्ने। मास्क र चस्मा लगाएर टाउको दुख्दा औषधि खाएर त्यो औषधिबाट हुने असर कति खेप्नु। अनि भनेको समयमा खाना खान नपाएर पेटमा ग्यास बड्नुको पीडा, कतिपय कुरा शब्दमा बयान गर्न नसक्ने नै हुन्छ्न। त्यति हुँदापनि हामी स्वास्थ्यकर्मीहरुको सोच, हामी नै संक्रमित भएर गयो भने कस्ले उपचार गर्ने, सकेसम्म आफू सुरक्षित भएर धेरै जनाको उपचार गर्न पाँउ भनी सोचेको हुन्छ्न तर यो समाज खै के भन्नू निशब्द भए म आज,,,,,,,,,,,,,,,,,,,,,?

स्वास्थ्यकर्मीले कोरोणा सार्छ भन्ने मानसिकता भएका मान्छेहरुलाई यति कुराको ज्ञान् त हुनुपर्ने हो। कोरोणा लागेको व्यक्तिलाई पनि स्वास्थ्यकर्मीले नै उपचार गर्छन।

यसरी स्वास्थ्यकर्मीहरुको बिरोध गरेर, उनिहरुको आत्मबललाई कम्जोर नबनाउनुस। मेरो अनुरोध छ।

सम्झना थाेकरकाे समाजिक फेसबुक वालबाट साभार गरिएकाे हाे ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »