निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

हलिउडका सेलिब्रेटीहरुले अस्ट्रेलियाको विपद् घडीमा सहयोग गर्न सबैलाई अपिल

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलोका कारण अस्ट्रेलिया शोकमा डुबेको छ । विभिन्न राज्यहरुमा फैलिएको डढेलोका कारण धेरैले ज्यान गुमाएका छन् ।

करोडौं वन्यजन्तुहरु मारिएको दाबी गरिएको छ। अस्ट्रेलियाको यो विपत्तिमाविश्व समुदायले सहानुभूति देखाउँदै खोज तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरिरहेका छन्। हलिउडका सेलिब्रेटीहरुले अस्ट्रेलियाको यो विपद् घडीमा सहयोग गर्न सबैलाई अपिल गरेका छन्।

हलिउड सेलिब्रेटीहरु निकोल किड्म्यान, पिंक, ह्युग ज्याकम्यानले खोज तथा उद्धारका लागि सहयोग गर्दै अपिल पनि गरेका छन्। उनीहरुले खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउने अस्ट्रेलियाका संस्थाहरुलाई आर्थिक सहयोग गर्नका लागि सामाजिक सञ्जाल मार्फत अपिल गरेका हुन्।

हलिउड गायिका पिंकले विभिन्न संस्थाहरुको नाम नै उल्लेख गरेर सहयोगका लागि अपिल गरेकी छन्। उनले स्थानीय फायर सर्भिसलाई ५ लाख डलर सहयोग गर्ने बताएकी छन्। यस्तै,अस्ट्रेलियाकै अर्की सेलिब्रेटी निकोल किड्म्याले पनि ५ लाख डलर सहयोग गर्ने बताएकी छन्।

हलिउड स्टार ह्युग ज्याकम्यानले पनि तस्बिरहरु सेयर गर्दै सहयोगका लागि अपिल गरेका छन्।

हलिउडका अन्य सेलिब्रेटीहरु सारोन स्टोन,लिनार्दो डी क्याप्रयो, इलन डीजीनिरिसले जलवायु अभियन्ता एवं टाइमको २०१९ को वर्ष व्यक्ति ग्रेटा थर्नबर्गको पोस्ट सेयर गर्दै सहयोगका लागि अपिल गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »