सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हवाई-पर्यटन क्षेत्र नखोले आन्दोलनमा जाने पर्यटन व्यवसायीको चेतावनी

काठमाडौं / ०१ साउन।
सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् ।

टुरिजम अम्ब्रेला एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै विस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तराष्ट्रिय उडान नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् ।

यस्तै,व्यवसायीले होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द गर्दा लाखौंको रोजगारी धरापमा परेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यस्तै पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्न माग गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »