निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म लकडाउन कायम रहने

काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन अवधि १२ दिन थपेर १५ गतेसम्म लम्ब्याएको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो

एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ। अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।

जारी लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने बारे बालुवाटारमा छलफल भएको थियो । मुलुकमा कोरोना संक्रमणका नयाँ केसहरू बढ्न थालेपछि सरकारले केही दिन कडाइ गर्दै लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनुभएको थियो । यसको संकेत लकडाउन थपिने भन्ने नै थियो, जुन जतनालाइ दुःख दिनका लागि नभएर संक्रमणबाट जोगाउनका लागि भन्ने प्रधानमन्त्रीले बताउनुभएको थियो ।

चैत २९ गते प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गर्नुभएको थियो । जसमा सबै प्रदेशका मुख्यमन्त्रीहरूले समेत लकडाउन लम्ब्याउन उचित हुने सुझाव दिएका थिए ।

यसैबीच, भारतमा पनि जारी लकडाउन थप १९ दिनका लागि लम्ब्याइएको छ । मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए । भारतमा पनि यसअघि लागू गरिएको तीन हप्ते लकडाउन भोलि बुधबार नै सकिनेवाला थियो, तर अब वैशाख २१ गतेसम्म लकडाउन जारी रहनेछ ।

यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्‍मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ।

यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »