निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

१६ लाख घाटामा रहेकाे तिमाल सामुदायिक ग्रामीण सहकारीलाई ३ लाख मात्र ऋण

काठमाडाैँ । तिमाल सामुदायिक ग्रामीण विद्युतिकरण सहकारी संस्था लिमिटेडकाे बाह्राैं वार्षिक साधारण सभा तथा चाैधाैं वार्षिक उत्सव सभा संघीय सांसद गंगा बहादुर दाेङ (बमध्वज)काे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे फागुन २१ गते शनिवार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष सार्कीमान तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलामा सिं तामाङ माथि छड्के प्रश्न प्रहार गरेर नै कार्यक्रम समापन भएकाे थियाे ।

”दिगाे, गुणस्तरीय र सुरक्षित विद्युत पहुँच समुदायकाे अधिकार, उज्यालाे उवं समृद्ध तेमाल निमार्णमा विद्युत नै पहिलाे आधार” भन्ने मुल नारालाई आत्मसाथ गरी अध्यक्ष सार्कीमान तामाङले कार्यपत्र पेश गरेका थिए ।

२०६२ साल फागुन २१ गते स्थापना भएकाे याे सहरकारीले २०६३ साल पाैष १९ गते नेपाल विद्युतीकरय संघ तथा ग्राहक सेवा सञ्चालन सम्झाैता गरी काभ्रेकाे तेमाल क्षेत्रकाे सबै बस्तीहरूमा सामुदायीक ग्रामीण विद्युतीकरण कार्यक्रम अर्न्तगत २०६५ साल जेष्ठ १५ गतेबाट तेमालकाे सर्स्युखर्कबाट बिजुली बाल्न शुरू गरेकाे थियाे ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, तत्कालीन जिल्ला विकास समितिकाे कार्यलय, तत्कालीन सात गा.वि.स. काे कार्यलयहरू, सिसिएस इटाली संस्था र विशेष गरी २० प्रतिशत बापत समुदायले व्यहाेर्नु पर्ने नपुग आर्थिककाे कारणले दाेस्राे चरणकाे विद्युतीकरण कार्य अगाडि बढाउन नसकी रहेकाे अवस्थामा ठुलाे आर्थिक व्यवस्थापन गरी तेमालकाे विद्युतीकरण कार्यक्रमलाई सहज बनाउन ”साथसाथै संस्था नेदरल्याड” तथा उक्त संस्थाकाे नेपाल प्रतिनिधि व्यक्तिहरू सत्तर सिं तामाङ र पाल्साङ तामाङकाे विशेष याेगदान रहेकाे भन्दै कार्यपत्र प्रस्तुतीकाे क्रममा अध्यक्ष तामाङले धन्यवाद दिनुभएकाे थियाे ।

तेमाल सामुदायी ग्रामीय विद्युतीकरण सहकारी संस्थाकाे अध्यक्ष पद ग्रहण गर्ने समयमा संस्थाकाे १६ लाख ऋण पनि ग्रहण गरेका थिए अध्यक्ष सार्कीमान तामाङले तर एक वर्षकाे अन्तरालमा उहाँले १३ लाख ऋण तिरिसकेका छन् भने अब बाँकी ३ लाख ऋण चाँडै तिर्ने याेजना रहेकाे प्रतिबद्धता गर्नु भएकाे थियाे । स्मरण रहाेस् याे भन्दा अगाडीकाे अध्यक्ष तत्कालीन तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ रहेकाे थियाे ।

तेमाल गाउँपालिकामा भएको तिमाल ग्रामिण विद्युत सहकारीको बाह्रौँ साधारण सभामा संघीय सांसद गंगा बहादुर दोङले १४ वर्ष पहिलाको दिन स्मरण गर्दै उद्घाटन गर्नुभएको थियाे ।

कार्यक्रममा सांसद दोङले दुई महिना पछि तेमालमा ठुलै झगडा हुने भएको हुनाले गाउँपालिका अध्यक्ष सलाम सिं तामाङलाई तयार रहन उहाँले सजक गराएका छन् । उहाँ भन्नु हुन्छ ”अब तिमालमा एक महिना पछि आउनेछु । त्यति बेला तेमालमा सुनकोशिको पानी झर्नेछन् तर केही कारणले तेमालमा पानी झरेन भने त्यसको जिम्मेवार उहाँले लिनुपर्ने छ ।”

सांसद दाेङले समृद्धकाे कार्यहरू राेकेमा स्थानीय तहका जनप्रतिनिधिहरूकाे कमजाेरीका कारणले मात्र राेकिने बताएका छन् अन्यथा तेमालकाे जनताले चाडै समृद्धकाे लक्ष्य चुम्ने बताएका छन् ।

संघीय सांसद गंगा बहादुर दाेङ

कार्यक्रममा नेकपाका जिल्ला नेता नारायण पाण्डे, इन्द्र लामा, प्रदिप कुमार तामाङ, जेनिश दाेङ लगाएतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेका थिए भने वडा नं. १ का वडा अध्यक्ष मान बहादुर क्षेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष विष्णु लामा, वडा नं. ६ का वडा अध्यक्ष विकुलाल तामाङ माेक्तान, वडा नं. ७ का वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर माेक्तान, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रलाल तामाङ अतिथिका रूपमा रहेका थिए ।

प्रदेशसभाका सांसद रत्न ढकालले संस्थाकाे सफलताकाे शुभकामना दिनुका साथै भकुण्डेबेसी–मेच्छेपौवा हुँदै माम्दीसम्मको सडक आफ्नै कार्यकाल भित्र पिच (कालपत्रे) हुने बताएका छन् । बुधबार तिमाल सामुदायिक ग्रामिण विद्युतिकरण सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभालाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।

संबाेदन गर्दै प्रदेश सभाका सांसद रत्न ढकाल

कार्यक्रममा काेषाध्यक्ष कुलबहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाे थियाे भने सचिव इन्द्रमान तामाङले कार्यक्रमलाइ संचालन गरेकाे थियाे ।

पाँच हजार भन्दा माथि सेयर सदस्य रहेकाे तिमाल ग्रामीण विद्युतीकरण सहकारी संस्थाकाे १२ साधारण सभामा उपस्थिति भेन २०० जना पनि थिएन । यसले के सन्देश दिन खाेजेकाे हाे छ ? याे भने तेमाली जनता र सहकारी अध्यक्ष सार्कीमान तामाङलाई नै जिम्मा दिदा राम्राे हाेला ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ,
कार्यक्रम संचालन गर्दै संस्थाका सचिव इन्द्रमान तामाङ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »