सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२० जनाको कोरोनाकै कारणले मात्र निधन नभएको प्रधानमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका छन् । उनले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने बताएका हुन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीले भने, ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’

कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएप नि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको बताए । उनले भने, ‘हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’

पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले बताए । उनले सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको बताए ।

बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको बताए । उनले स्थानीय तहहरूले प्रभावकारी काम गरेको भनाइ राखेका छन् ।

प्रधानमन्त्रीले यसअघि पनि कोरोनाबाट मृत्यु हुनेहरूको संख्या वास्तविक त्यो नभएको र अन्य रोगका कारण मृत्यु भएकाहरूलाई पनि कोरोनाबाट मृत्यु भएको मान्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »