निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

२२औं बुढासुब्बा गोल्डकपमा पुलिस र मनाङ भिड्ने

धरान । नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार धरान–१६ स्थित रंगशालामा भएको सेमिफाइनमा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई सडन डेथमा १–० गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको हो।

पुलिसले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। मनाङले यसअघि नै युनाइटेड खर्साङ फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल नभएपछि खेल सीधै टाइबे्रकरमा पुगेको थियो। टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो। सडन डेथमा पुलिस भाग्यमानी हुँदै उपाधि नजिक पुग्यो।

टाइबे्रकरमा पुलिसका जुमानु राई, भोला सिलवाल, पदम भारती, तीर्थ रानामगरले गोल गरेका थिए। पुलिसका सुमन सुवेदीको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारेका थिए।

मच्छिन्द्रका विमल घर्तीमगर, विजय धिमाल, रञ्जित धिमाल र देवेन्द्र तामाङले गोल गरे भने विशाल राईको प्रहारलाई पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले विफल पारेका थिए। टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि पुलिसले सडन डेथमा नतिजा आफ्नो पक्षमा पारेको थियो। सडन डेथमा पुलिसका कपिल ढकालको गोल नै निर्णायक गोल भयो। मच्छिन्द्रका कप्तान विराज महर्जनको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक श्रेष्ठले विफल पारेका थिए।

खेल अवधिभर मच्छिन्द्रले पलिसलाई दबाबमा राखे पनि गोल गर्ने अवसर गुमाउँदा फाइनल यात्रामा पूर्णविराम लाग्यो। बिहीबारको खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठ घोषित भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »