२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमित ७ हजार ६१३ रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ७२८ पुगेको छ। यो कुल संक्रमित मध्ये ६८.०४ प्रतिशत हो।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »