२४ घण्टामा थप ६३४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३० हजार १ सय १७ पुगेको छ।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ११ हजार ६५८ रहेको जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १८ हजार ३५० पुगेको छ। यो कुल संक्रमितको ५९ प्रतिशत हो।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »