सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ७० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १६ हजार ७१९, मृत्यु हुने संख्या ३८

काठमाडौं / २७ असार
पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ।

काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले बताउनु भयो

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »