निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

२४ घण्टामा नेपालगञ्जमा तयार भयो कोरोना विशेष अस्थायी अस्पताल

नेपालगञ्ज,नेपालगञ्जमा एक दिनमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको छ ।

धम्बोझीको खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पतालको सभाहलमा ४० सइयाको अस्पताल स्थापना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली, डिएसपी शिव वहादुर सिंह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, लायन्स क्लव अफ नेपाल डिष्ट्रिक ३२५ बि २ नेपालका पुर्ब गर्भनर सेम शाक्य, मधुसुदन रिजाल, ज्ञानेन्द्र श्रेष्ठ लगायतले आईतबार अस्पतालमा पुगेर आवश्यक जानकारी लिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र लायन्स क्लव अफ नेपालको अग्रसरतामा अस्पतालस्थापना भएको हो ।

कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको शनिबार बसेको बैठकले अस्थायी अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो ।

निर्णय लगत्तै काम सुरु भएर आईतबार अस्पताल स्थापना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

अस्पतालमा शंकाष्पद विरामीलाई राखिने भएको छ । अस्पतालको सुरक्षाको ब्यवस्था जिल्ला प्रहरीले गर्नेछ ।

निर्णय पछि बेड लगायत सम्पूर्ण ब्यवस्थापन गरिएको हो । उपप्रमुख थापाका अनुसार अस्पतालमा आउने विरामीका लागि पानी उद्योग संघले पिउने पानीको ब्यवस्था गर्ने भएको छ ।

खाना लगायत अन्य ब्यवस्थापन पनि भईरहेको मगरले जानकारी दिनुभयो । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाईन स्थापनाको तयारी गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »