सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा हाल सम्मकै बढि १४ सय ५४ जनामा कोरोना पुष्टि

काठमाडौ। पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५१ हजार ९१९पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ जना रहेका छन्।

अहिले संस्थागत आइसोलेसनमा ८ हजार २९१ रहेका छन्। त्यस्तै होम आइसोलेसनामा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ।

हाल क्वारेन्टाइनमा रहेनेको संख्या ६ हजार ७८ रहेको जागेश्वर गौतमले जानकारी दिए।

गत २४ घण्टामा कोरोना जितेर ९ सय ७२ जना डिस्चार्ज भएका छन्।

यो सगै कुल डिस्चार्ज हुनेको संख्या भने ३६ हजार ६७२ सय पुगेको छ । यो ७१ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »