सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा १०९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १८,४८३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ।

मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ ।

हालसम्म ३ लाख ३९ हजार १५७ पिसिआर परीक्षण सम्पन्न भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »